
पुस २२, काठमाडौँ / नेकपा एमालेको सचिवालय बैठक आज केन्द्रीय कार्यालय च्यासलमा जारी रहेको छ । निर्वाचन केन्द्रित बैठकमा विभिन्न एजेन्डाहरुबारे छलफल भइरहेको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेल गर्नेबारे एमालेले नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसँग छलफल गरिरहेको र आजको बैठकले राष्ट्रिय सभा उम्मेदवार चयन, घोषणापत्र तयारी समिति गठन लगायत विषयमा छलफल हुने सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।