३१ असोज, काठमाडौं / जेनजी आन्दोलनको क्रममा आपराधिक मानसिकता भएका व्यक्तिका कारण हिंसात्मक बनेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । ७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएका हुन् ।
‘आपराधिक मानसिकताका व्यक्तिहरूले आन्दोलनको आडमा नेपाल सरकारका महत्त्वपूर्ण प्रतिष्ठान, व्यापारिक प्रतिष्ठान, सार्वजनिक सेवा प्रदायक कार्यालयहरू तथा व्यक्तिका निजी सम्पत्ति समेतमा तोडफोड, आगजनी र लुटपाट गरी आन्दोलनलाई हिंसात्मक बनाए,’ मन्त्री अर्यालले भने ।
त्यस्तै सयौं प्रहरी कार्यालयमा आगजनी भएको पनि उनले बताए ।