
पुस ११, सर्लाही / नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत लालबन्दी नगरपालिका–२ जुटपानीमा ट्रकले साइकललाई ठक्करदिँदा साइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
नवलपुरबाटमलंगवातर्फ आउँदै गरेको साइकललाई ना ७ ख ७३६९ नम्बरको कबाड बोकेको १४ चक्के ट्रकले ठक्कर दिँदा साइकल यात्री लालबन्दी–२ का करिब ६० वर्षका मेन्डु दोर्जे लोप्चनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न ट्रक र मृतकको शव घटनास्थलमै रहेको छ भने ट्रकचालक फरार भएका छन् । चालकको विवरण पनि खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।