२०८२ पौष ९, बुधबार

वासिङ सेन्टर

वासङि सेन्टरमा काम गर्ने मजदुरको मृत्यु

वासिङ सेन्टरमा काम गर्ने मजदुर उपचारको क्रममा सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको छ ।
वासङि सेन्टरमा काम गर्ने मजदुरको मृत्यु

पुस ६,काठमाडौँ /  भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ स्थित सिद्धार्थ पेट्रोल पम्प नजिकै वासिङ सेन्टरमा काम गर्ने मजदुर दोलखाको भीमेश्वर नगरपालिका चरिकोट घर भएका महेश नेपालीको उपचारको क्रममा सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो । शनबिार साँझ गाडी धुने क्रममा बेहोस भएका २८ वर्षीय महेश नेपालीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटनाबारे अनुसन्धान गरिरहेका एक जना प्रहरी अधिकृतका अनुसार नेपाली छारे रोगबाट पीडित थिए । अचानक बेहोस हुँदा उनको शरीरमा चोट लागेको थियो । पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढाइने भक्तपुर प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस