२०८२ माघ १, बुधबार

इरान

इरानमा विरोध प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या पुग्यो ६४६

इरानमा सरकारविरुद्ध भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४६ पुगेको छ।
इरानमा विरोध प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या पुग्यो ६४६

पुस २९, तेहरान / इरानमा सरकारविरुद्ध भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४६ पुगेको छ। देशभर प्रदर्शन चर्किँदै गएपछि इरान सरकारले आफ्ना नागरिकमाथि लगाएका सञ्चार प्रतिबन्धहरू मङ्गलबार आंशिक रूपमा खुकुलो पारेको हो। यसअन्तर्गत इरानी नागरिकलाई मोबाइल फोनमार्फत विदेशमा कल गर्न अनुमति दिइएको छ। यद्यपि, इन्टरनेटमा लगाइएको प्रतिबन्ध भने अझै यथावत् छ र एसएमएस सेवा पनि सञ्चालनमा आएको छैन।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार इरानीहरूले विदेशमा फोन गर्न सके पनि विदेशबाट इरानभित्र कल गर्न भने अझै सम्भव भएको छैन। राजधानी तेहरानका नागरिकले इन्टरनेट पहुँच अझै बाहिरी संसारसँग काटिएको र सरकारद्वारा अनुमोदित केही स्थानीय वेबसाइटमा मात्र सीमित पहुँच रहेको जानकारी दिएका छन्।

मानव अधिकार कार्यकर्ताहरूका अनुसार मृत्यु हुने ६४६ जनामध्ये ५१२ जना प्रदर्शनकारी र १३४ जना सुरक्षाकर्मी रहेका छन्। पछिल्लो दुई हप्तामा १० हजार ७०० भन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस