
पुस १३, काठमाडौं / उपसभामुख इन्दिरा रानामगरको कार्यकाल आजबाट समाप्त भएको छ । संविधान अनुसार अर्को प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिक तर्फको मनोनयन दर्ताको दिन उपसभामुख रानामगरको पदावधि समाप्त भएको हो।
नेपालको संविधानको धारा ९१ ले सभामुख र उपसभामुखको कार्यकाल निर्वाचनका लागि मनोनयनको दिनसम्म रहने भनेको छ।
उपसभामुख रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सांसद निर्वाचित भएकी थिइन्। त्यसैले रानामगरले समानुपातिक तर्फको मनोनयनको दिनबाट आफ्नो सेवा सुविधा छाडेकी हुन्।