२०८२ श्रावण १, बुधबार

ईमेज बचतकर्तासँग देवकुमारले गरे १ अर्ब ३० लाखको मिलात्र, २५ करोड बाँकी

ईमेज बचतकर्तासँग देवकुमारले गरे १ अर्ब ३० लाखको मिलात्र, २५ करोड बाँकी

बागलुङ, असार ३२  / ईमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताहरुसँग १ अर्ब ५ करोड ३० लाख ६६ हजार ३ सय ७२ रुपैयाँमा मिलापत्र गरेका छन् । बागलुङ जिल्ला अदालतमा बुधबार पुरक मुद्दा दर्ता गरेका बचतकर्ताहरुसँग ७ करोड ३४ लाख ६४ हजार ८७ रुपैयाँको मिलापत्र गरेपछि उल्लेखित रकम फिर्ता गर्ने गरी मिलापत्र भएको हो ।

यसअघि मुद्दा दायर गरेका १५ सय ४३ जना बचतकर्ता मध्ये अझै ८१ जना बाँकी मिलापत्रमा आएका छैनन् । ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई १ अर्ब ३० करोड ७६ लाख ९८ हजार ६ सय ६८ रुपैयाँको बिगोसहित मुद्दा दायर भएको थियो । मिलापत्र गर्न बाँकी ८१ जना मध्येका केहीले मिलापत्र गरी सरकारी वकिलको कार्यालयमा निवेदन दिइसकेका छन् । उनीहरुको मिलापत्रलाई सरकारी वकिलको कार्यालयले प्रमाणिकरण गरेपछि २० करोड रुपैयाँ भन्दा कम बिगो हुनेछ ।

बागलुङ जिल्ला अदालतमा सहकारी सञ्चालक ११ जना बाहेक नेपालीका श्रीमती छेला नेपाली र दाइ ओमकुमार नेपालीलाईसहित पुरक मुद्दा दायर गरिएको थियो । छेला र ओमकुमार माथि लगाइएको मुद्दा बुधबार जिल्ला अदालतमा भएको मेलमिलाप अनुसार टुंगिएको छ । छेलालाई पोखरा शाखाको मुद्दा भने बाँकी छ ।

नेपालीलाई पोखरा ईमजे शाखामा ५७ करोड ३५ लाख ८४ हजार ९ सय रुपैयाँ विगोसहितको मुद्दा छ । बागलुङका बचतकर्ताहरुसँग मेलमिला गरेपछि पोखरामा मेलमिलाप गर्ने तयारी रहेको नेपालीका पक्षबाट बहस गरेका अधिवक्ता राम शर्माले बताए । बागलुङमा बाँकी हरेको करिव २० करोड रुपैयाँ साउन १५ भित्र मिलापत्र गर्ने तयारी भएको नेपालीको पारिवारिक सदस्यहरुले बताएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस