१० असोज काठमाडौं / नागरिक एपमार्फत उपलब्ध हुँदै आएको ड्राइभिङ लाइसेन्स सेवा अवरुद्ध भएको छ । नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको डाटा सेन्टरमा तोडफोड र आगजनी भएपछि सम्पूर्ण प्रणाली क्षति पुगेर सेवा रोकिएको नागरिक एपले जनाएको छ ।
डाटा सेन्टर नष्ट भएपछि नागरिक एपमा प्रयोग गर्न सकिने चालक अनुमतिपत्रसम्बन्धी सेवाहरू हाललाई प्रयोग गर्न सकिने अवस्था नरहेको सूचनामा उल्लेख छ । पछिल्लो समय नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउने सुविधा रहेको थियो ।