२०८३ जेष्ठ २२, शुक्रबार

दुर्गा प्रसाईं

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् ।
पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

माघ ५, पोखरा / मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । प्रसाईंले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउनेदेखि सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्नेसम्मको योजना बनाएर रकम लगानी गरेको आरोप छ।

कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको अभिव्यक्ति दिएका प्रसाइँले पैसा लगानी गरेर सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्न अपराधको गम्भीर योजना बनाएको अडियोसमेत सार्वजनिक भएको थियो ।

निर्वाचन आयोगले उनलाई कारबाहीको दायरामा ल्याउन भन्दै पत्र काटेपछि प्रसाईँको सरकारी डाटा चोरी गर्ने योजना बुनेको अर्को अडियो पनि सार्वजनिक भएको थियो । प्रसाइँलाई काठमाडौं पठाउने तयारी गरेको कास्की प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

यो पनि

ताजा अपडेट

१ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस