२०८२ अषाढ ८, आईतबार

भूकम्प

सिन्धुपाल्चोकमा भूकम्पकाे धक्का महसुस

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ ।
सिन्धुपाल्चोकमा भूकम्पकाे धक्का महसुस

१२ वैशाख काठमाडौं / सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ११ः५३ बजे सिन्धुपाल्चोकको फुल्पिङकोटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, यो गोरखा भूकम्पको चार म्याग्निच्युडमाथिको ६०३ औँ परकम्प हो । २०७२ वैशाख १२ गते बिहान ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पको शुक्रबार १० वर्ष पूरा भएको छ ।

गोरखा भूकम्पका सानाठूला गरेर हालसम्म ६० हजारभन्दा धेरै परकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस