
२६ कार्तिक काठमाडौँ / वामदेव गौतम नेतृत्वको नेकपा (एकीकरण अभियान) निर्वाचन आयोगले खारेज गरेको छ । नेपाली कम्युनिस्ट पार्टीको गठनपछि गौतमले आफू नेतृत्वको नेकपा एकीकरण अभियान खारेजको लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
गौतमको निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टी खारेज गरेको हो । तत्कालीन नेकपाको विभाजन हुँदा गौतमले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी कतै पनि नलागी आफ्नै नेतृत्वमा नेकपा एकीकरण अभियान गठन गरेका थिए ।
गौतम नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। उनी अहिले सो पार्टीमा चौथो बरियतामा छन् ।