२०८३ बैशाख ९, बुधबार

विवाह भोज

विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी

खोटाङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै जना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ।
विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी

माघ २५, खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै जना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ। भोज खाएको १२ घन्टापछि सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको हो । विवाह भोज खाएकाहरूलाई ‘फुडपोइजन’ भएको आशंका गरिएको स्थानीय वीरबल किरातीले जानकारी दिए।

भोज खाएर फर्किएका उदयपुर, काठमाडौँलगायतका पाहुनासमेत बिरामी परेको खबर आएको गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले जानकारी दिए। ’शिविरमा अहिले पनि ३५ जनालाई स्लाइन र औषधि दिएर उपचार गरिरहेका छौं। विवाह भोज खाएका सबै बिरामी भएका छन्,’ उनले भने, ’विवाहमा करिब २०० जनाले भोज खाएको अनुमान गरिएको छ। शिविर सञ्चालन गरेपछि सबैतिरबाट फोन आउन थालेको छ। उनीहरूको उपचारको व्यवस्था मिलाउन पहल भइरहेको छ।’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस