२०८२ अषाढ ८, आईतबार

बिजुलीको पोलमा काम गर्दा करेन्ट लागेर मृत्यु भएका उपेशको शव बुझ्यो परिवारले

काभ्रेको धुलिखेलमा बिजुलीको खम्बामामा काम गर्दागर्दै करेन्ट लागेर मृत्यु भएका २८ वर्षीय उपेश परियारको शव परिवारले बुझेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ६, सोमबार
बिजुलीको पोलमा काम गर्दा करेन्ट लागेर मृत्यु भएका उपेशको शव बुझ्यो परिवारले

५ जेठ काठमाडौँ / काभ्रेको धुलिखेलमा बिजुलीको खम्बामामा काम गर्दागर्दै करेन्ट लागेर मृत्यु भएका २८ वर्षीय उपेश परियारको शव परिवारले बुझेको छ ।

शनिवार काभ्रे वितरण केन्द्रबाट विस्तारित धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको बिजुलीको खम्बामा करेन्ट लागेर परियारको मृत्यु भएको थियो ।

उनी सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका हुन् । विद्युत प्राधिकरण, उपेशको परिवार र उनलाई काम लगाउने ठेकदारबीच सहमति जुटेपछि परिवारले शव बुझेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मीनबहादुर घलले जानकारी दिए ।

उहाँहरूले आपसी सहमति गरेपछि कानुनी प्रक्रिया पूरा गरेर शव बुझ्ने काम भएको छ, उनले भने, बाँकी अनुसन्धान भइरहेको छ । अहिले शव बुझ्ने काम भएको हो । यस घटनामा सम्बन्धित निकायको लापरबाही देखिएमा कानुनी कारबाही हुने उनले बताए ।

विद्युत वितरण केन्द्र काभ्रेका साहायक प्रशासनिक अधिकृत कैलाश आचार्यका अनुसार मृतकका परिवारलाई ठेकदारले १० लाख दिने र प्राधिकरणले पनि नियमअनुसारको क्षतिपूर्ति दिने सहमति भएको छ ।

प्राधिकरणको नियम अनुसार काम गर्दैगर्दा कसैको मृत्यु भएमा ५ लाख रूपैयाँ क्षतिपूर्ति दिने प्रावधान छ । सोही अनुसार सम्झौता भएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस