३० भदौ, काठमाडौं / नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै मन्त्री खनालले पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित तीन जनालाई आज मन्त्री नियुक्त गरेकी थिइन् । आजै राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका थिए । शपथ लगत्तै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।