
पुस २२, काठमाडौं / काठमाडौंको गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागीपछि धुवाँको मुस्लो ठूलो फैलिएको छ । अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले आगोलागी नियन्त्रणको प्रयास गरिरहेका हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो । आगलागीको कारणबारे थप बुझ्ने काम भइरहेको एसपी भट्टराईले जानकारी दिएका छन् ।