२०८२ भाद्र २५, बुधबार

राष्ट्रपति निवास शीतलनिवासमा आगजनी

राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी भएको छ ।
राष्ट्रपति निवास शीतलनिवासमा आगजनी

२४ भदौ, काठमाडौं / राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले शीतलनिवासमा आगजनी गरेका हुन् ।

सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।

संसद् भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेका थिए । सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका छन् ।

अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् ।

 

 

 

यो पनि

ताजा अपडेट

१८ घण्टा अघि

संसद् भवनमा आगजनी

यो साताको प्रचलित

खोजी गर्नुहोस