२०८२ अषाढ १७, मंगलबार

भारत र पाकिस्तानबीच गोलाबारी जारी

भारत र पाकिस्तानले एकार्काविरुद्ध गोलाबारी गरेको भारतीय सेनाले जनाएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २५, बिहिबार
भारत र पाकिस्तानबीच गोलाबारी जारी

२५ वैशाख काठमाडौं / कश्मीरलाई विभाजन गर्ने नियन्त्रण रेखा लाइन अफ कन्ट्रोल मा बुधबार (मे ७) राति भारत र पाकिस्तानले एकार्काविरुद्ध गोलाबारी गरेको भारतीय सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाले कश्मीरको नियन्त्रण रेखा एलओसी पार गरेर हलुका हतियार र बन्दुक प्रयोग गरी गोलाबारी गरेको थियो । भारतीय सेनाले त्यसैअनुसारको प्रतिकार गरेको जम्मूमा रहेका भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल सुनील बर्तवालले सीएनएनलाई बताए ।

अप्रिल २२ मा कश्मीरमा २६ पर्यटकको हत्यापछि हरेक दिन नियन्त्रण रेखामा दुवै देशतर्फबाट गोलाबारी गरिँदै आएको छ ।

बुधबार नियन्त्रण रेखा पार गरेर पाकिस्तानी सेनाले गरेको रातभरिको गोलाबारीमा १२ भारतीय नागरिकको मृत्यु भएको थियो । ५७ भारतीय घाइते भएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस