२०८२ भाद्र २२, आईतबार

सामाजिक सञ्जाल बन्दविरुद्ध सोमबार काठमाडौँमा प्रदर्शन गर्दै ‘जेनजी’ पुस्ता

सामाजिक सञ्जाल बन्दविरुद्ध सोमबार काठमाडौँमा प्रदर्शन गर्दै ‘जेनजी’ पुस्ता

२२ भदौ काठमाडौ /  नेपालमा दर्ता नगरेको भन्दै सरकारले फेसबुकलगायत २६ सामाजिक सञ्जाल बन्द गराएको विरोधमा जेनजी पुस्ताले सोमबार काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ ।

सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएकाहरूलाई जेनजी पुस्ता भनिन्छ । त्यो पुस्ताका युवा तथा बालबालिकाले सोमबार माइतीघर मण्डलमा बिहान ११ बजे विरोध प्रदर्शन गर्ने भएका हुन् ।

यस विषयमा उनीहरूले सामाजिक सञ्जाल टिकटकमा ट्रेन्ड चलाइरहेका छन् । सोमबार विद्यार्थी पोसाक लगाएर परिचयपत्रसहित माइतीघर मण्डलमा उपस्थित हुन उनीहरूले आग्रह गरेका छन् ।

देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन, रोजगारी सिर्जनालगायत हुनुपर्ने उनीहरूको माग छ । उनीहरूले आफ्नो आन्दोलनमा कुनै पनि राजनीतिक दल वा नेताको नेतृत्व नरहने पनि उल्लेख गरेका छन् ।

आन्दोलनमा जेनजी पुस्ता तथा विद्यार्थी सहभागी हुने उनीहरूको भनाइ छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस