२०८२ अषाढ ८, आईतबार

सुनचाँदी व्यवसायीले न्युरोडमा गरे प्रदर्शन

  काठमाडौंको न्युरोडमा सुनचाँदी व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।
सुनचाँदी व्यवसायीले न्युरोडमा गरे प्रदर्शन

२५ जेठ काठमाडौं/  काठमाडौंको न्युरोडमा सुनचाँदी व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।

आइतबार बिहान सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति सरकारले आगामी बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेको विरोधमा प्रदर्शन गरेको हो ।

दुवै व्यवस्था फिर्ता हुनुपर्ने माग उनीहरूको छ । उनीहरूले सुनमा लगाइएको दुई प्रतिशत विलासी कर, हिरा जुवाहरत पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज र उपभोक्ता, कर्मचारी, कालिगढ र व्यवसायीमैत्री ऐन तुरून्त जारी गर्न माग गरेका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस