१२ भदौ काठमाडौं / नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार ४०० रुपैयाँ कायम छ । यो मूल्य कीर्तिमानबराबर हो । गएको साउन २३ गते पनि छापावाल सुन प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मको उच्च हो ।
बुधबार (भदौ ११) छापावाल सुन प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३५५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।