२६ जेठ काठमाडौँ / जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रले सञ्चो उत्पादन थालेको छ । चैत १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएका राजावादीहरुले तोडफोड र आगजनी गर्दा ध्वस्त भएको जडिबुटी उत्पादन केन्द्रले एक महिना नबित्तै उत्पादन थालेको कम्पनीका निमित्त महाप्रबन्धक उषा रिजालले जानकारी दिइन् ।
यस कम्पनीले खेती, प्रशोधन, उत्पादन र बजारीकरणको काम गर्ने भएकाले खेती र प्रशोधन कम्पनीको बाहिरी शाखाहरुले गर्ने र उत्पादित बस्तुको बजारिकरण देखिका कामहरु केन्द्रीय कार्यलयले गर्ने हुदाँ सो घटनाको लगभग एक महिना सबै जसो काम ठप्प थियो ।
अब कम्पनी सञ्चालन अहिले होला भन्ने निराशाका बीच घटना भएको एक महिनामै कम्पनीले उत्पादन थालेको उनले सुनाइन् ।
यस कार्यका लागि वन तथा वातवरण मन्त्रालयको सहजीकरण र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले प्रशासनिक भवनमा सिसा राख्न सहयोग गरेको र उत्पादन भवनको कम क्षति भएको कोठा सफा गरी त्यहीँबाट तत्काल अस्थायी रूपमा उत्पादन सुरु गरेको रिजालले बताइन् ।