
मंसिर २२, दाङ / दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत फेला परेका छन् । होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल आफू सुत्ने कोठा भित्र मृत फेला परेका हुन् ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेका अनुसार ‘तीन तलाको होटलको पहिलो तलामा उहाँहरु सपरिवार बस्नु हुँदोरहेछ, आज बिहान कोठाभित्रै मृत फेला पर्नुभयो, ‘कोठा भित्रबाट लक थियो । त्यसैले सुसाइड हो कि जस्तो देखिन्छ , ‘मुचुल्का उठाएर अनुसन्धान सुरु गरेका छौं ।’ इन्सपेक्टर पाण्डेले भने ।