१३ जेठ काठमाडौं / प्रतिनिधिसभा बैठकमा विपक्षीले होहल्ला गरेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ । सभामुखले विपक्षी दलका सांसदहरुले लगातार होहल्ला गर्न थालेपछि आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
रास्वपा, माओवादी, राप्रपालगायतका राजनीतिक दलका सांसदहरु उभिएरै होहल्ला गरेका थिए । गृहमन्त्रीले राजीनामा गर्नुपर्छ । अनिमात्रै संसद् चल्छ, विपक्षी दलका सांसदहरुको धारणा रहेको छ ।