२१ जेठ काठमाडौँ / प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेको छ । बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले
बुधबार प्रमुख दलकारुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर,छलफल निष्कर्षविहीन भएको थियो ।
आजै दिउँसो ३ः १५ बजेका लागि बैठक बोलाइएपनि विशेष कारण देखाउँदै भोलि सम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।
पछिल्ला समय प्रतिपक्ष दलहरुरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।