
३० कार्तिक काठमाडौं, लायन्स क्लब्स इन्टरनेशनल, जिल्ला ३२५ Iअन्तर्गतको एरिया–२ द्वारा Menopause and Mental Health of Women विषयमा विशेष कार्यक्रम शुक्रबार गौशाला स्थित अनुपम फुडल्याण्डमा सम्पन्न भएको छ । रिजन ३ र ४ अन्तर्गतका सम्पूर्ण जोन तथा क्लबहरूको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा महिलामा रजोनिवृत्ति तथा मानसिक स्वास्थ्यबारे विस्तृत जानकारी आदान–प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमडी को–अर्डिनेटर मानबहादुर रोका, PDG इन्दु लम्साल, DG पर्वती खरेल पाण्डे, First VDG सूर्यकुमार के.सी., District Chief Administrator जनार्दन फुयाल,LCIF Coordinator अनिता थापा बिष्ट, GST Coordinator केदार न्यौपाने लगायत क्याबिनेटका पदाधिकारी तथा लायन्स तथा नन–लायन सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा Resource Personका रूपमा Norvic Hospital की Dr Achala Vaidhya / Psychologist एवं PhD Scholar Dr= Padam Raj Joshi ले महिलामा रजोनिवृत्ति कालमा देखापर्ने शारीरिक तथा मानसिक परिवर्तनबारे महत्वपूर्ण प्रस्तुति दिएका थिए । डा. वैद्यले रजोनिवृत्ति सम्बन्धी चिकित्सकीय पक्षलाई स्पष्ट पारेकी थिइन् भने डा. जोशीले यस अवधिमा मानसिक रूपमा सन्तुलित रहने उपाय र मनोवैज्ञानिक पक्षबारे मार्गदर्शन दिएका थिए ।
त्यसैगरी Homo Health की संयोजक तथा कार्यक्रम सञ्चालिका सुरक्षा कुनवार को समन्वयमा कार्यक्रम सञ्चालन गरिएको थियो । सहभागी महिलाहरूले रजोनिवृत्तिका समस्या, समाधान तथा आजको समयमा आवश्यक पर्ने सचेतनाको आवश्यकता बारे खुला छलफलसमेत गरेका थिए ।
कार्यक्रमका समापनमा Area–२ की एरिया को–अर्डिनेटरLion Megha Timalsina ले सम्पूर्ण अतिथि, सदस्य तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी थिइन् ।