२०८२ श्रावण १६, बिहिबार

सुर्खेतमा करेन्ट लागेर श्रीमान, श्रीमतीको मृत्यु

सुर्खेतमा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।
सुर्खेतमा करेन्ट लागेर श्रीमान, श्रीमतीको मृत्यु

९ साउन काठमाडौँ / सुर्खेतमा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनीराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको करेन्ट लागेर मृत्यु भएको छ ।

सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी होमनजंग बुढाथापाका अनुसार बिहान पौने ११ बजेतिर आफ्नै घरमा उनीहरूलाई करेन्ट लागेको थियो । आचार्य दम्पतीले घाँस काट्ने विद्युतीय मेसिनद्वारा घाँस टुकार्दै गर्दा तारबाट उनीहरूलाई करेन्ट लागेको थियो ।

अचेत अवस्थाका उनीहरूलाई प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा पुर्‍याएको केहीबेरमै बिहान सवा ११ बजेतिर चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस