२०८२ पौष ११, शुक्रबार

श्रीमान पक्राउ

श्रीमतीलाई पेट्रोल छर्किएर आगो लगाउने श्रीमान पक्राउ

सुनसरीको दुहबीमा घरायसी वादविवादका क्रममा एक व्यक्तिले आफ्नै श्रीमतीको शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन् ।
श्रीमतीलाई पेट्रोल छर्किएर आगो लगाउने श्रीमान पक्राउ

पुस ११, सुनसरी /  सुनसरीको दुहबीमा घरायसी वादविवादका क्रममा एक व्यक्तिले आफ्नै श्रीमतीको शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन् । दुहबी नगरपालिका–३ मुक्तिनाथ मन्दिर क्षेत्रमा बस्ने ३३ वर्षीय मुस्तफा सेखले २८ वर्षीया श्रीमती खुस्बु खातुनलाई बिहीबार शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन्।

दुहबी प्रहरी कार्यलयबाट प्रहरी सहायक निरीक्षक शिव नारायण माझीको कमाण्डमा २ जनाको टोलीले घाइते महिलाको उद्धार गरेको थियो । प्रहरी टोलीले घाइते महिलालाई उद्धार गरी उपचारका लागि बिहीबार साँझ विराटनगरस्थित पारस अस्पतालमा भर्ना गरिएको इलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ । घाइतेको दुवै हात, घाँटी, छाती र अनुहार जलेको छ ।

आफ्नै श्रीमतीलाई जलाउने मुस्तफालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस