२०८२ पौष १८, शुक्रबार

श्रीमतीको ह–त्या

श्रीमतीको ह–त्या गरी भागेका श्रीमानलाई ८ वर्षपछि पक्राउ

श्रीमतीको ह–त्या गरेर भागेका प्रतिवादीलाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ ।
श्रीमतीको ह–त्या गरी भागेका श्रीमानलाई ८ वर्षपछि पक्राउ

पुस १८, काठमाडौँ / श्रीमतीको ह–त्या गरेर भागेका प्रतिवादीलाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका वडा नम्बर–६ देउराली टोल घर भएका ५३ वर्षीय नारदमणि राई रहेका छन् ।

२०७४ साउन १९ मा उनले आफ्नी ४५ वर्षीया पत्नी अम्बिका श्रेष्ठ राईको ह–त्या गरेको भोजपुरका डीएसपी राजु लामाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा उनलाई मोरङको बेलबारीबाट पक्राउ गरेको हो ।

थुनछेक बहसपछि अदालतको आदेशले पुस १७ मा प्रतिवादीलाई पुर्पक्षको लागि कारागार चलान गरिएको डीएसपी लामाले जानकारी दिए । प्रहरीले उनी विरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस