२०८२ पौष २७, आईतबार

अध्यागमन विभाग

अध्यागमन विभागको विदेशी पढाउने शैक्षिक संस्थालाइ निर्देशन जथाभावी अध्ययन भिसा सिफारिस नगर्नू

अध्यागमन विभागले विदेशी नागरिक पढाउने शैक्षिक संस्थाहरूलाई जथाभावी अध्ययन भिसा सिफारिस नगर्न निर्देशन दिएको छ ।
अध्यागमन विभागको विदेशी पढाउने शैक्षिक संस्थालाइ निर्देशन जथाभावी अध्ययन भिसा सिफारिस नगर्नू

मंसिर १०, काठमाडौँ / गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले विदेशी नागरिक पढाउने शैक्षिक संस्थाहरूलाई जथाभावी अध्ययन भिसा सिफारिस नगर्न निर्देशन दिएको छ । विभागले बुधबार (आज) सूचना जारी गरी भिसा तथा आम्दानी प्रयोजनका लागि मात्र आफ्नो शैक्षिक संस्थामा विदेशी विद्यार्थी भर्ना नगर्न, आफ्नो संस्थामा अध्ययनरत विद्यार्थीहरू नियमित रूपमा पठनपाठनमा संलग्न भए/नभएको यकिन गरी मात्र भिसा सिफारिस गर्न र पठनपाठनभन्दा बाहेक अन्य शंकास्पद गतिविधिमा संलग्न भएको जानकारी आएमा तत्काल अध्यागमन विभाग वा स्थानीय प्रशासनलाई सूचना दिन अध्यागमन विभाग सबै शैक्षिक संस्थाहरूलाई अनुरोध गरेको छ भने विदेशी नागरिकहरूलाई अध्ययन गराउने सबै शैक्षिक संस्थाहरूको नियमित अनुगमन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विदेशी नागरिकहरूको गतिविधिको अनुगमन गर्न ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिलाई समेत भनिएको अध्यागमन विभागले जनाएको छ ।

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस