२०८३ बैशाख ९, बुधबार

भारतीय नागरिक

नेपालको जेनजी प्रदर्शनमा पत्नी गुमाएका भारतीय नागरिकद्वारा १०० करोड भारु क्षतिपूर्तिको माग

नेपालको जेनजी प्रदर्शनमा पत्नी गुमाएका भारतीय नागरिकद्वारा १०० करोड भारु क्षतिपूर्तिको माग गर्दै दिल्ली उच्च न्यायालयमा रिट दायर गरेका छन्।
नेपालको जेनजी प्रदर्शनमा पत्नी गुमाएका भारतीय नागरिकद्वारा १०० करोड भारु क्षतिपूर्तिको माग

माग २७, काठमाडौँ / गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा पत्नी गुमाएका भारतीय नागरिक रणवीर सिंह गोलाले १०० करोड भारतीय रुपैयाँ क्षतिपूर्तिको माग गर्दै दिल्ली उच्च न्यायालयमा रिट दायर गरेका छन्। रिटमा उनले आगजनीका कारण काठमाडौँस्थित हयात रिजेन्सी होटलको चौथो तलाबाट हाम फाल्दा पत्नी राजेश गोलाको मृत्यु भएको उल्लेख गरेका छन्।

रणवीरको आरोप अनुसार होटल प्रशासनले सुरक्षाको आश्वासन दिँदै चेकआउट गर्न नदिएको, माथिल्लो तलामा पठाएको र समयमै उद्धार नभएकाले दुर्घटना भएको उल्लेख गरेका छन् । उनले भारतीय विदेश मन्त्रालय, काठमाडौँस्थित भारतीय दूतावास र हयात होटललाई विपक्षी बनाएका छन्।
दिल्ली उच्च न्यायालयले प्रारम्भिक सुनुवाइका क्रममा नेपालमा भएको घटनामा आफ्नो क्षेत्राधिकारबारे प्रश्न उठाउँदै रिटमा संशोधन आवश्यक भएको बताएको छ। मुद्दाको सुनुवाइ २६ फेब्रुअरीसम्म स्थगित गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस