
२५ मंसिर, काठमाडौं/ काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालले भदौ २३ गते जेनजी आन्दोलनमा उच्च पदस्थ पदाधिकारीहरूसँग समन्वयमा बल प्रयोगको निर्देशन दिएको बताएका छन्।
रिजालले संसद भवन वरपरको आगजनी र तोडफोडपछि कर्फ्यू लगाएर स्थिति नियन्त्रण गर्न प्रयास गरेको र रबरको गोली चलाउन आदेश दिएको दावी गरेका छन्।
उनले संसद भवनभित्र खटिएका विशेष सुरक्षा दस्तालाई गोली प्रहारको जिम्मेवार ठहर्याएका छन् र आफूलाई कारवाही गर्न नहुने उल्लेख गरेका छन्।
सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा उनले भनेका छन्, ‘पर्खाल तोडफोड तथा आगजनी गरेपछि स्थिति नियन्त्रण गर्न उच्च पदस्थ पदाधिकारीहरूसँग समेत समन्वय गरी जिल्ला सुरक्षा समितिको सिफारिसमा संसदभवन आसपासमा कर्फ्यूको आदेश जारी गरिएको थियो ।’ उनले ती उच्चपदस्थ पदाधिकारी को हुन् भन्ने जवाफमा खुलाएका छैनन् ।