२०८२ माघ २, बिहिबार

मृत्यु

इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु

नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ ।
इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु

पुस ६, विराटनगर /  नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको हो । यादव सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस