२ असार काठमडौँ / इरानले इजराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको छ ।
गएराति इरानले उत्तरी इजराइलको हाइफा बे मा रहेको तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको हो । इरानको हमलापछि तेल प्रशोधन केन्द्र रहेको उक्त क्षेत्रमा आगो लागेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ ।
इरानी हमलाबाट त्यस क्षेत्र आगोको लप्काले ढाकिएका भिडियो र फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । न्युयोर्क टाइम्सले तस्बिर र फोटो भेरिफाइ गरिएको बताएको छ ।
आगलागी भएपछि मानिसहरू त्यहाँ अड्किएका थिए । बिहान ढिलासम्म पनि उनीहरूको उद्धार र आगो नियन्त्रणमा इजराइली अधिकारीहरू खटिएका थिए । इरान र इजराइलले चार दिनदेखि एक–अर्कामाथि आक्रमण गरिरहेका छन् ।
गएराति इसराइलले इरानका ८० ठाउँमा लक्ष्य गरेर आक्रमण गरेको न्युयोर्क टाइम्सले जनाएको छ । आक्रमणमा परी २० जना उच्च सैन्य अधिकारी, आणविक वैज्ञानिक र नागरिक गरी २२० जनाभन्दा बढीको मृत्यु भएको र १ हजार २०० जनाभन्दा बढी घाइते भएका छन् ।
इजराइलको आपतकाली सेवा मगेन डेविड एडम (एमडिए) आपतकालीन सेवाले गएराति इरानले इजराइलका चार स्थानमा लक्ष्य गरेर आक्रमण गरेको जनाएको छ । तेल अभिभलगायतका क्षेत्रमा धेरै भवनहरुमा क्षति पुगेको र अहिलेसम्म कम्तिमा १४ जना मारिएको बताइएको छ ।