२०८२ श्रावण १५, बुधबार

सरकार बनेपछि अधुरा विकास योजनाहरू सम्पन्न गर्ने कार्यलाई प्राथमिकता दिएको स्पष्ट : केपी शर्मा ओल

सरकार बनेपछि अधुरा विकास योजनाहरू सम्पन्न गर्ने कार्यलाई प्राथमिकता दिएको स्पष्ट : केपी शर्मा ओल

काठमाडौं, २९ असार / नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनेपछि अधुरा विकास योजनाहरू सम्पन्न गर्ने कार्यलाई प्राथमिकता दिएको स्पष्ट गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले सिद्धबाबा सुरुङमार्गको निर्माण कार्य एक वर्षमा ४३ प्रतिशतले अगाडि बढेको जानकारी दिनुभएको छ । उहाँले योजनाको यो प्रगति सकारात्मक रहेको उल्लेख गर्नुभएको छ। ‘हामीले सरकारमा आएपछि भनेका थियौँ– हाम्रो मुख्य जोड थालेका काम सक्ने हो, सिद्धबाबा सुरुङमार्गको काम एक वर्षयता ४३ प्रतिशतले प्रगति भएको छ,’ ओलीले लेख्नुभएको छ ।

ओलीले एमालेको नेतृत्वमा रहेको सरकारले सुरु गरेका धेरै योजनाहरू विभिन्न कारणले अलपत्र परेको अवस्थामा ती योजनाहरूलाई पुनः गति दिन आफूहरू लागि परेको बताउँदै आउनुभएको छ । उहाँले पूर्वाधार विकास स्थायित्व, निरन्तरता र प्रभावकारी कार्यान्वयन बिना सम्भव नहुने धारणा राख्दै आउनुभएको छ ।

उहाँले बजेटको सदुपयोग, प्राविधिक क्षमता वृद्धि, र परियोजना अनुगमनलाई सुदृढ गर्दै योजना सम्पन्नतामा सरकार गम्भीर रहेको धारणा सार्वजनिक रुपमा राख्दै आउनुभएको छ। ओलीले सुरुङमार्गजस्ता महत्वपूर्ण आयोजनाहरू समयमै सम्पन्न गरेर जनतालाई सुविधा दिन सकिने विश्वास व्यक्त जनतालाई सास्ती दिने होइन, सुविधा दिने परियोजना सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्दै आउनुभएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस