३२ असार काठमाडौं / काठमाडौंको टोखा हुँदै नुवाकोट जाने सडकखण्ड अवरुद्ध भएको छ । सडकको पर्खाल भत्किँदा सडक अवरुद्ध भएको हो ।
गएराति साढे १२ बजे काठमाडौंको टोखा नगरपालिका–२ टोखास्थित नुवाकोट जाने सडकखण्डको ठूलो लाछीनजिक वर्षाको कारणले सडक किनारामा रहेको पर्खाल भत्किँदा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
उक्त सडकखण्डमा दुई पांग्रे सवारीसाधन मात्र आवतजावत गर्न सक्ने तर चारपांग्रे र ठूला सवारीसाधन रोकिएको प्रहरीले बताएको छ ।