२०८२ कार्तिक २, शनिबार

तुइनखोलामा रोकिएन पहिरो, मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध भएको छ ।
तुइनखोलामा रोकिएन पहिरो, मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

७ असोज काठमाडौं / मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध भएको छ । तुइनखोला पुलनजिकै खसेको पहिरोका कारण आज दिउँसो १ बजेदेखि सडक आवागमन दुवैतर्फ बन्द भएको सडक डिभिजन भरतपुरले जनाएकोछ ।

निरन्तर माथिबाट ढुंगा खसिरहेकाले उपकरण सञ्चालन गरेर पहिरो हटाउन पनि समस्या भइरहेको डिभिजनले जनाएको छ । यसअघि, गत शुक्रबार (असोज ३) साँझ खसेको पहिरोका कारण सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो । त्यसको झन्डै ४५ घण्टापछि सडक एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको थियो ।

तर, माथिबाट निरन्तर खसिरहेको सुक्खा पहिरोका कारण सडक आवागमन सहज हुन सकेको छैन । जसका कारण दसैँ मनाउन घर हिँडेका हजारौँ यात्री मर्कामा परेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस