
मंसिर २४, विराटनगर / लोकनाथ चुडालले २०५० भदौदेखि २०७९ पुससम्म काठमाडौं महानगरपालिकाको नगर प्रहरीमा काम गरेका थिए । उनले महानगरबाट राजीनामा दिने बेला नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरूद्ध विभिन्न आरोप लगाएका थिए।
उनी अहिले धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको उपाध्यक्ष बनेका छन्। महानगर प्रहरीका प्रहरी नायब निरीक्षक (सई) बाट अवकाश लिएको तीन वर्षपछि हर्क साम्पाङको पार्टीबाट राजनीतिमा प्रवेश गरेका छन् ।