२०८२ आश्विन ३०, बिहिबार

काठमाडौँ जिल्ला अदालतमा महराको बयान सुरु

काठमाडौँ जिल्ला अदालतमा महराको बयान सुरु

२८ असोज काठमाडौँ / पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतमा बयान सुरु भएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा उनको बयान सुरु भएको छ ।

\सोमबार सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । उनीबिरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैदसजाय माग दाबी गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो । २०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस