२०८२ आश्विन ३०, बिहिबार

आफुलाई पक्राउ गरेर देखाउन गृहमन्त्रीलाई महेश बस्नेतको चुनौती

आफुलाई पक्राउ गरेर देखाउन गृहमन्त्रीलाई महेश बस्नेतको चुनौती

२२ असोज काठमाडौँ / नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई चुनौती दिएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै बस्नेतले आन्दोलनकारीका तर्फबाट जेजनी आन्दोलनमा हतियार प्रयोग भएको दाबी गरे । रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट मुक्त गराउन गएका सो पार्टीका नेताहरू डीपी अर्याल, मनिष झा,ज्वाला सङ्ग्रौलाको बारेमा छानबिन हुनुपर्ने बस्नेतको भनाइ छ ।

उनले सरकारको पहिलो टार्गेट केपी ओली र तेस्रो नम्बरमा आफू रहेको भन्दै हुदै नभएको मुद्दा सिर्जना गरेर आफुमाथि गिरफ्तार गर्ने षडयन्त्र गरेको दाबी गरे । तर उनीहरूको षड्यन्त्र अदालतले अस्वीकार गरेको बताउँदै आफूले साइवर ब्युरोमा बयान दिएर आएको र जे हो त्यही भनेको बताए ।

उनले आफूलाई समातेर देखाउन चुनौती दिँदै आफू विधिको शासनको लागि जेल जान तयार रहेको बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस