२०८२ पौष ९, बुधबार

प्रगति विवरण

मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरे

तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्।
मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरे

पुस ९, काठमाडौँ /  तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। घिसिङले ‘भाषणभन्दा नतिजा‘ लाई प्राथमिकता दिँदै विकास आयोजनालाई बन्धक बनाउने प्रवृत्ति विरुद्ध निर्मम कदम चालेको बताएका हुन्।

मन्त्री घिसिङले वर्षौँदेखि अलपत्र अवस्थामा रहेका करिब १७ अर्ब रुपैयाँ बराबरका ६६ वटा रुग्ण ठेक्का रद्द गरेका छन्। यसमा १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलसहित सडक विभागका ४० वटा र जलस्रोत तथा सिँचाइ विभागका २२ वटा ठेक्का रहेका छन्। काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्का तोडेर मात्र नछोडिने र नयाँ प्रक्रियामार्फत आयोजनालाई गति दिने उनले स्पष्ट पारेका छन्।
रणनीतिक महत्वको १२०० मेगावाटको बुढीगण्डकी र १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनालाई स्वदेशी लगानीमै निर्माण गर्ने गरी वित्तीय ढाँचा तयार पारेर सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको उनले जानकारी दिए।

आफ्नो कार्यकालमा डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल उठाउने विषयमा रहेको राजनीतिक हस्तक्षेप र अन्योल अन्त्य गरिएको मन्त्री घिसिङको दाबी छ। स्पष्ट निर्देशनपछि उद्योगीहरूले बक्यौता बुझाउन सुरु गरेको र किस्ताबन्दी सुविधामा समेत प्रवेश गरेको उनले बताए। विपद् व्यवस्थापनमा कागजमा मात्र नभई मैदानमै उत्रिएर वीपी राजमार्ग र तातोपानी नाका खुलाउने जस्ता कार्यलाई उनले आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस