२०८२ पौष १५, मंगलबार

शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा मन्त्रालयको निर्देश: विद्यालय तथा कलेजहरूमा डिसिप्लिन इन्चार्ज नराख्न

विद्यालय तथा कलेजहरूमा डिसिप्लिन इन्चार्ज (DI) नराख्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ।
शिक्षा मन्त्रालयको निर्देश: विद्यालय तथा कलेजहरूमा डिसिप्लिन इन्चार्ज नराख्न

पुष १५, काठमाण्डौँ / विद्यालय तथा कलेजहरूमा डिसिप्लिन इन्चार्ज (DI) नराख्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ। विद्यार्थीलाई अनुशासनमा राख्न भन्दै डीआई राख्दा सिकाइमा नकारात्मक असर परेको गुनासो आएपछि मन्त्रालयले विद्यार्थी परामर्श कक्ष स्थापना गर्न आग्रह गरेको छ।

त्यस्तै विदेशी सम्बन्धनका शिक्षण संस्थाले लिने शुल्क १५ दिनभित्र सार्वजनिक गर्न र मन्त्रालयमा समेत बुझाउन शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । ‘विद्यार्थीबाट लिइने कार्यक्रमगत सबै प्रकारका शुल्क विवरण पारदर्शी रूपमा सबैले देख्ने गरी राख्ने र सोको प्रमाणित प्रति मन्त्रालयमा अनिवार्य रूपमा १५ दिनभित्र पेस गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।

मन्त्रालयले प्रति कक्षा रहने विद्यार्थी संख्या, कक्षागत सिकाइ क्रियाकलाप समेत सार्वजनिक गर्न भनेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस