२०८२ अषाढ ८, आईतबार

मोदीको क्रोएसिया, नेदरल्यान्ड्स र नर्वे भ्रमण स्थगित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न क्रोएसिया, नेदरल्यान्ड्स र नर्वे भ्रमण स्थगित गरेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २४, बुधबार
मोदीको क्रोएसिया, नेदरल्यान्ड्स र नर्वे भ्रमण स्थगित

२४ वैशाख काठमाडौं  / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न क्रोएसिया, नेदरल्यान्ड्स र नर्वे भ्रमण स्थगित गरेका छन् । भारतका एक वरिष्ठ सरकारी अधिकारीले मोदीले आसन्न विदेश भ्रमण स्थगित गरेको बताएका छन् ।

भ्रमण स्थगितको कुनै आधिकारिक कारण दिइएको छैन । तर, भारतले गए राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको केही घण्टापछि मोदीले विदेश भ्रमण स्थगित गरेका हुन् ।

पाकिस्तानमाथि गए राति गरिएको आक्रमणका विषयमा भारतीय प्रधानमन्त्री मोदीले सार्वजनिकरूपमा बोलेका छैनन् ।

भारतले गए राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गर्दा २६ जना पाकिस्तानीको मृत्यु भएको छ । आक्रमणमा परी ४६ जना पाकिस्तानी घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस