असार ६ काठमाडाैँ / आजबाट मनसुन देशभर फैलिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम महाशाखाले आज मनसुन आगमन बुलेटिन–३ जारी गरी मनसुन प्रणाली मुलुकभरि नै विस्तार भएको जानकारी दिएको हो ।
बुलेटिनमा भनिएको छ : यस वर्षको मनसुन प्रणाली आज मिति २०८२/०३/०६ गतेका दिन देशभर फैलिएको छ । मौसमविद्का अनुसार नेपालमा मनसुन साधारणतया जुन १३ तारिखमा प्रवेश गरी एक हप्ताभित्र देशभर विस्तार हुन्छ । तर सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुनलाई देशैभर फैलिन २३ दिन लागेको छ ।