२०८२ अषाढ ६, शुक्रबार

६ वर्षीया छोरी बेचेको आरोपमा आमालाई आजीवन कारावासको सजाय

६ वर्षीया बालिकाको अपहरण र मानव बेचबिखनको आरोपमा दक्षिण अफ्रिकी एक महिला र उनका दुई सहयोगीलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १७, शुक्रबार
६ वर्षीया छोरी बेचेको आरोपमा आमालाई आजीवन कारावासको सजाय

१६ जेठ काठमाडौं / ६ वर्षीया बालिकाको अपहरण र मानव बेचबिखनको आरोपमा दक्षिण अफ्रिकी एक महिला र उनका दुई सहयोगीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । सजाय पाउनेहरूमा ती बालिकाकी आमा, राकेल केली स्मिथ पनि पर्छिन् ।

केप टाउन नजिकैको साल्दान्हा खाडीमा बस्ने जोशलिन स्मिथ आफ्नो घर बाहिरबाट रहस्यमय रूपमा बेपत्ता भएको एक वर्षभन्दा बढी समयपछि राकेल “केली” स्मिथ, उनको प्रेमी ज्याकलिन अपोलिस र उनकी साथी स्टीभेना भ्यान रिनलाई सजाय सुनाइएको हो ।

फेब्रुअरी २०२४ मा बेपत्ता भएकी जोशलिन स्मिथ धेरै प्रचार र अनुसन्धानका बाबजुद पनि फेला पर्न सकेकी छैनन् । दक्षिण अफ्रिकामा छ हप्ताको मुद्दा चलाएर तीनै जनालाई सजाय सुनाइएको थियो । यसमा, साक्षी र अभियोजकहरूले धेरै चकित पार्ने आरोप लगाएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस