२०८२ अषाढ ८, आईतबार

नागढुंगा–नौबिसे सडक थप पाँच दिन बन्द हुने

बर्खाअघि नै सडक स्तरोन्नति सक्न दिउँसोको समयमा पनि यातायात बन्द गरेर काम भइरहेको छ ।
नागढुंगा–नौबिसे सडक थप पाँच दिन बन्द हुने

२६ जेठ काठमाडौँ / त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडक स्तरोन्नतिको काम भइरहेको छ । बर्खाअघि नै सडक स्तरोन्नति सक्न दिउँसोको समयमा पनि यातायात बन्द गरेर काम भइरहेको छ ।

यसअघि जेठ ६ गतेदेखि २५ गते सम्मका लागि दिउँसोको समयमा यातायात बन्द गरिएको थियो । त्यो भन्दा अगाडि रातिको समयमा मात्रै यातायात बन्द गरेर स्तरोन्नतिको काम हुँदै आएको थियो ।

तर स्तरोन्नितको काम अझै बाँकी भएकाले थप पाँच दिन सडक बन्द गरिने विभागले जनाएको छ । आइतबार विभागले सूचना जारी गरेर शुक्रबारसम्म सडक बन्द हुने जनाएको छ ।

दिउँसोको समयमा उक्त सडक खण्ड बन्द हुने भएकाले साना सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस