२०८२ अषाढ १७, मंगलबार

२ घण्टाका लागि बन्द नारायणगढ–मुग्लिन सडक

नारायणगढ–मुग्लिन सडकखण्ड दुई घण्टाका लागि बन्द भएको छ ।
२ घण्टाका लागि बन्द नारायणगढ–मुग्लिन सडक

१२ असार भरतपुर/  नारायणगढ–मुग्लिन सडकखण्ड दुई घण्टाका लागि बन्द भएको छ । बिहान ११ बजेदेखि बन्द भएको सडक दिउँसो १ बजेपछि मात्रै खुल्ने डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

डिभिजन कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार तुइँन खोला भन्ने ठाउँमा सडकमाथि अड्किएको ठूलो ढुंगा झार्नको लागि सवारी आवागमन बन्द गरिएको हो । हेटौँडाबाट लामो एक्स्काभेटर ल्याएर अड्केका ढुंगा झार्न लागिएको उनले बताए ।

तुइन खोलामा पहिरो गएर सडक अवरुद्ध हुँदै आएको छ । पहिरोको जोखिम ल्याउन सक्ने ठूला ढुंगा हटाउनका लागि सडक बन्द गरिएको आचार्यले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस