२०८२ श्रावण २७, सोमबार

नेपालको साउदीविरुद्ध कठिन जित

नेपालको साउदीविरुद्ध कठिन जित

२३ साउन काठमाडौँ / निर्धारित समयको अन्तिम मिनेटमा शुक्रिया मियाले निर्णायक गोल गरेपछि एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियाविरुद्ध १–० को कठिन जित निकालेको छ ।

शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा सम्पन्न खेलको ९०औँ मिनेटमा नेपालकी शुक्रियाले निर्णायक गोल गरिन् । मिना देउवा क्रसमा पेनाल्टी बक्सभित्र ‘अनमार्क’ रहेकी शुक्रियाले सहजै गोल गरिन् ।

त्यसअघि १८औँ मिनेटमा नेपालकी सरिताकुमारी नाथको प्रहार बारमा लागेर फर्किंदा नेपालले अग्रताको सुनौलो अवसर गुमायो । सोही बल ‘रिबाउन्ड’ हुँदा अनिशा राईले गरेको प्रहारलाई सहजै नियन्त्रणमा लिँदै साउदीकी गोलकिपर जुरी हासिमले खतरा टारिन् ।

३६औँ मिनेटमा प्राप्त पेनाल्टी सदुपयोग गर्न नसक्दा नेपालले अर्को अवसर खेर फाल्यो । नेपालकी फरवार्ड मिना देउवाले प्रहार गरेको पेनाल्टी पोष्टको बायाँ पोलमा लागेर फर्किएको थियो ।

यो जितसँगै नेपालले आगामी वर्ष थाइल्यान्डमा हुने एएफसी यू–२० एसियन कपमा स्थान बनाउने सम्भावनालाई कायम राखेको छ । यसअघि, पहिलो खेलमा पनि नेपाल भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो । नेपालले अब अगस्ट १० मा उत्तर कोरियासँग खेल्ने तालिका छ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस