
११ मंसिर, काठमाडौं / मन्त्रिपरिषद्ले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) गर्न स्वीकृति दिएको छ ।
ओ एन्ड एम अन्तर्गत दरबन्दी मिलान, कटौती र अस्थायी कार्यालयको स्थायीकरण गरिने बताएको छ । मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत दिएसँगै प्रहरीले ओ एन्ड एमको गृहकार्य अघि बढाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले मन्त्रिपरिषद्ले स्वीकृत दिएसँगै ओ एन्ड एमको काम सुरु गरेको बताएका छन् ।अब प्रहरीका दरबन्दीहरू मिलान गर्नेदेखि, आवश्यक नरहेको र एकातर्फको दरबन्दी कटौती गरेर अर्कोतर्फ लैजानेसम्मको काम हुने बताएका छन् । अस्थायी रहेका केही कार्यालयको दरबन्दी स्थायी गर्ने लगायतका कामहरू हुने बताएका छन् ।