२०८३ आश्विन १, बिहिबार

चिलिमेमा शव

ng चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहमा शव भेटिएको जानकारी, उद्धारको प्रयास जारी

चिलिमेमा शव
ng चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहमा शव भेटिएको जानकारी, उद्धारको प्रयास जारी

रसुवा । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहभित्र शव भेटिएको जानकारी प्राप्त भएको छ। घटनास्थलमा खोज तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले केही शव देखेको जनाएको छ।
आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा शव देखिएपछि त्यसलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ। चिलिमे जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार उद्धार टोलीले केही शव देखेको हो।
महर्जनले केही शव देखिए पनि कति वटा शव हुन् भन्ने यकिन भइसकेको छैन भन्दै उद्धार कार्य जारी रहेको बताएका छन्।
उनका अनुसार नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको छ। शव बाहिर निकालिएपछि मात्र मृतकको संख्या र थप विवरण पुष्टि हुने जनाइएको छ।
घटनास्थलको कठिन भौगोलिक अवस्था र भूमिगत संरचनाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ। उद्धार टोलीले सावधानीपूर्वक काम अघि बढाइरहेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस