
  
   
 
१८ कार्तिक काठमाडौं / डा. निकोसल भुसाललाई प्रहरीले पक्राउ गरेको छ । मंगलबारदिउँसो भुसाललाई गोरखाको गोरखा नगरपालिका–८, रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा प्रहरीसितको सहकार्यमा उनलाई पक्राउ गरेको जनाइएको छ । सामाजिक सञ्जालमार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए ।